नाग को पूजा कसरी गर्ने ?

नाग को पूजा कसरी गर्ने ?
 

नाग पंचमी श्रवण महिनाम शुक्ल पक्ष को पंचमी को दिन मनाइन्छ. यो श्रद्धा व विश्वास को पर्व हो | नाग लाइ धारण गर्ने भगवान भोलेनाथ को पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन् | ज्योतिष शास्त्र को अनुसार पंचमी तिथि का स्वामी नाग देवता हुन | पूर्ण श्रवण मास मा नाग पंचमी हुनु को कारण यो मास मा धरती खन्ने कार्य गरिदैन | त्यसैले यो दिन भूमि मा हलो जोत्नु , नींव खन्नु शुभ मानिदैन | भूमि मा नाग देवता को घर हुन्छ | भूमि खन्दा नागलाइ कष्ट हुने संभावना हुन्छ |

 नाग पंचमी मा उपवास विधि नाग पंचमी मा नाग देवता को लागि व्रत राखिन्छ | यो व्रत मा पूरे दिन उपवास रहेर सूर्य अस्त भए पछि नाग देवता को पूजा को लागि खीर प्रसाद बनाउनु पर्दछ त्यो खीर लाइ सर्व प्रथम नाग देवता को मूर्ति अथवा शिव मंदिर मा गएर भोग लगाउनु पर्दछ | त्यस पछि त्यो खिर प्रसाद को रुप मा स्वयं ग्रहण गर्नु पर्दछ | उपवास समाप्ति मा गरिने भोजन नुन वा फ़्राइ गरिएका कुनै पनि परिकारहरुको प्रयोग वर्जित छ | त्यो दिन उपवास सग संबन्धित सबै नियम को पालन गर्नुपर्दछ। मुख्य द्वार मा नाग देवता को आकृ्ति पूजा - नाग पंचमी को दिन उपवासक आफ़्नो घरको ढोकामा गोबर ले पांच सिर भएको नाग को आकृ्ति बनाउदछ्न | गोबर पाइदैन भने रंगको प्रयोग पनि गर्न सकिन्छ |  त्यस पछि नाग देवता लाइ दूध, दुर्वा, कुश, गन्ध, फूल, अक्षत, लड्डू सहित पूजा गरेर नाग स्त्रोत या निम्न मंत्र का जापगर्नु राम्रो हुन्छ। { " ऊँ कुरुकुल्ये हुँ फट स्वाहा" } वा तल लेखेको नाग गायत्री एक माला जप्नु पर्दछ | यो मंत्र को तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छ्न | नाग देवता लाइ चंदन को सुगंध विशेष प्रिय हुन्छ | त्यसैले पूजामा चंदन को प्रयोग गर्नु राम्रो हुन्छ यो दिन को पूजा मा सेतो कमल को प्रयोग गरिन्छ |  उपरोक्त मंत्र को जाप गर्नाले "कालसर्प योग' दोष को शान्ति पनि हुन्छ।