श्रावण सोमबार ब्रत किन बस्ने ?

श्रावण सोमबार ब्रत किन बस्ने ?

व्रत शब्दको अर्थ भोजन नगर्नु हो, व्रत गर्छ भन्नु भोजन गर्दैन भन्नु हो । साथै व्रत शब्दको अर्थ भोजन गर्नु पनि हो । यो व्रत गर्छको अर्थ दुध मात्र खान्छ । एउटा व्रतले मात्र अनेक रोगको नाश गर्छ भनिन्छ । व्रत गर्नाले लौकिक र पारलौकिक दुवै फल प्राप्त हुन्छन् । नियमपूर्वक व्रत र उपवासले उत्तर स्वास्थ्य र दीर्घजीवन प्राप्त हुन्छ ।
अरुचि अजीर्ण उदरशुल कपाल दुख्नु, ज्वरो जस्ता रोग व्रतोपवासले निर्मूल हुन्छ नष्ट हुन्छन् । हाम्रो देश नेपालमा वर्षभरमा व्रतको विधान गरिएको छ । तिथिव्रत वारव्रत मासव्रत नक्षत्रव्रत आदी अनेक व्रतको विधान गरेर हाम्रा शास्त्रहरुले मानवजीवनलाई स्वस्थ राख्ने मनलाई पार्ने इन्द्रियहरुलाई वंशमा पार्ने उपाय वताएका छन् । निराहार रहनाले मनुष्य विषय निवृत्त हुन्छन् । किन्तु आशक्ति निवृत्त हुदैन ।
परमात्माको साक्षात्कारले आशक्ति पनि निवृत्त हुन्छ । भोकै बसेमा गन्ध रुप स्पर्श जस्ता विषयतिर मन जादैन । किन्तु त्यहि विषयप्रति आशक्ति निवृत्त हुदैन । तिथिका ब्रत जस्तै कृष्णाअष्टमी ब्रत एकादशी व्रत रामनवमी ब्रत आदी छन् । वार ब्रतमा आइतवार ब्रत सोमवार ब्रत मंगलवार ब्रत आदी छन् । मासव्रतमा श्रावण महिनाको सोमवार व्रत माघ महिनाको प्रात स्नान व्रत कार्तिक महिनाको आकाश दीप दानव्रत बैशाख महिनाको जलदान व्रत आदि छन् । श्रावण मासको सोमवारको व्रतलाई मासव्रत वा वार व्रत जे भने पनि हुन्छ । यो महिनामा भगवान आशुतोष पशुपतिनाथको पूजाको विशेष महत्व छ । अझ यो मासको पूरै महिना व्रत गरे पनि राम्रो हो । सोमवार भगवान पशुपति नाथको पि्रय दिन हो ।
सोमवार शिवको आराधना गर्नुका साथै दर्शन गर्नु अत्यिुत्तम मानिएको छ । सोमवारको दिन शिवको पूजाआराधना गर्नाले पुत्रादिको लाभ हुन्छ  । यो दिनमा शिवजीको मन्दिरमा जानेले आफूले चाहेको कुरा प्राप्त हुने विश्वास गरिन्छ । श्रावण महिनाको सबै सोमवार व्रत बस्न नसके पनि अन्तिम सोमवारको सकेसम्म व्रत गर्नु र सो दिन प्रातः कालमा स्नान सन्ध्या आदि पश्चात व्रतको संकल्प गर्नुपर्दछ । अरु व्रतमा फलाहार इत्यादीको विधान छ किन्तु शिव व्रतमा निराहार र निर्जल नै व्रत गर्ने विधान छ । सायंकाल पुनः व्रत तिमित्तक स्नान गर्नुपर्छ । सूर्यास्त भएपछि दुई घडीसम्ममा शिव पूजन गर्ने विधान छ । सकेसम्म रुद्राभिषेक गर्नुपर्छ । अन्यथा पाचोपचार षोडशोपचार जो जस्तो सकिन्छ
त्यसप्रकारले शिवजीको पूजा गर्नुपर्छ । त्यसपछि एक हविष्यमान खानुपर्छ । दुई अन्न खानुहुन्न । सिधै नुनको प्रयोग गर्नुपर्छ । दाल खानुहुन्न । सकेसम्म फलाहारै गरेर वसेपनि हुन्छ । बारम्बार पानी खानुहुन्न । बारम्बार पानी खानाले पान खानाले दिनमा निदाउनाले मैथुन गर्नाले उपवास व्रत नष्ट हुन्छ खण्डित हुन्छ । श्रावण महिनामा लघुरुद्र महारुद्र अतिरुद्र त्याग गर्नु उत्तम छ । पार्थिव शिवपूजा माटोको र वालुवाको शिविलंग बनाएर पूजा गर्नु उत्तम छ । विशेष श्रावण महिनामा साग तोरी मूला रायो र पालुगोंको साग खानुहुदैन । शिवपूजा सदा यसलोकमा स्वर्ग र मोक्षदायक हो । प्रदोषको वेला शिवको पूजा गर्नुपर्छ । सोमवारका दिनमा शिवको पूजा गर्नेले उनको लागि यसलोकमा र परलोकमा केही दुर्लभ हुदैन । तसर्थ जितेन्द्रीय भएर वैदिक तथा लोकिक मन्त्रले शिवको पूजा गर्नु उत्तम छ ।