किं तद्ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम ।
अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते ।।
हे भगवन् ! ब्रह्म के हो ? आत्मा के हो ? निष्काम कर्म के हो ? भौतिक जगत के हो ? देवता भनेको के हो ? मलाई बताइदिनुहोस ।
हे भगवन् ! ब्रह्म के हो ? आत्मा के हो ? निष्काम कर्म के हो ? भौतिक जगत के हो ? देवता भनेको के हो ? मलाई बताइदिनुहोस ।
नित्यकर्म पूजा विधि
संसारमा सबैतिर सुख दूःख,
सम्पन्नता असम्पन्नता,लाभ हानि,
जीवन मरण,संयोग
वियोग र स्वस्थाता
अनि रुग्णता एकनासले
ब्याप्त छ ।
यी सबै विषयहरु
प्रत्येक मानिसको पूर्व जन्मका
कृयमाण कर्महरु सञ्चित हुदै
प्रारब्ध कर्मका रुपमा देखा
पर्न आउनेहुन् ।
कसैका लागि कोहि
प्रिय अप्रिय हुदैनन्
। सुख दुःख
, धन सम्पत्ती मान
पदवी सवै मानिसका
संचित कर्मको फल
हो । पूर्वका
क्रियमाण कर्महरु जसरी संचित
रहेका हुन्छन् त्यसैगरि
मानिसले संचित कर्मको फलको
उपभोग गरेको हुन्छ
। दैनिक क्रियमाण
कर्म राम्रो हुँदा
सञ्चित राम्रै हुन्छ भने
नराम्रो कर्म गर्दा
नराम्रै सचित हुन
जान्छ । हाम्रा
सबै कर्म सञ्चित
भएर बसेका हुन्छन्
फरक यतिमात्र होकि
सञ्चित् कर्महरु कहिले परिपक्व
हुन्छन र प्रारब्ध
फल दिनेहुन् ।
झट्ट हेर्दा समाजमा जो
सत्य छ,इमान्दार
छ,धार्मिक छ
तर उसले अनेक
दुःखहरु भोग्नु परेका उदाहरणहरु
पनि छन् ।
जो असत्य,अन्यायी,भ्रष्टाचारी र कुलतमा
लागेको छ उसैको
धन सम्पत्ती इज्जत
पाएको पनि हामीले
देखेका छौं ।
यसो हँुदा सत्यमा
रहने ब्यक्तिमा इश्वर
प्रति अनास्था र
श्रध्दाभावमा कमि आउनु
अस्वाभाविक भने होइन
वास्तविकताको खोजि नगर्ने
हरुकालागि । भगवान
श्री कृष्णले गीतामा
भन्नु भएको छ
गहना कर्मणो गति कर्मका
बारेमा भन्नु पर्दा यो
अतिनै गहन विषय
हो ।
यतिवेला एउटा प्रश्न
उठ्न सक्छ सबैकुरा
प्रारब्ध कै फल
हो भने मानिसले
कर्म किन गर्ने
। रुख उभिए
झै उभिने ढुंगा
बसेझै बस्ने अनि
कुम्भकर्ण सुते झैं
सुते भै हाल्यो
नि कर्म किन
गर्नु प¥यो
। यसो भनेर
कर्म नगर्नका लागि छुट
कसैलाइ पनि छैन
। इसावस्योपनिषदमा भनिएको
छ ।
कुर्वन्नेवेह
कर्माणि जिजिविषेभ्छत समा ।
एवं त्वयि नान्यथेतोस्ति
न कर्म लिप्यते
नरे ।
स्वभावत मानिस सहितका जीवहरु लामो समय
सम्म बाच्नका संघर्ष
गर्दछन् । यो
स्वभाविक पनि हो
। सुखमय जीवन
बिताउन कर्म गर्नु
पर्दछ । प्रारब्धले
पाएको संपत्तीलाई क्रोध,
अभिमान, लज्जा, अहंकार, जिध्दिपन
जस्ता दोषहरुबाट बिचलित
नभई उत्तम आचरणको
कर्म गर्दछ भने
त्यस्ता कर्मबाट हुने लाभलाई
पुरुषर्थ भन्दछन् । यस्तो
पुरुषार्थ रुपि कर्म
गर्न बाट भने
मनिस कहिले पछि
हट्नु हुदैन ।
कुनै पनि मानिस
पुरुषार्थ रुपी कर्म
गर्न बाट पछि
हट्न खोज्यो भने
उसलाई प्रकृतिको नियमलाई
उलंघन गर्न खोजेको
अपराध लाग्दछ ।
श्रीकृष्णले गीतामा भन्नु भएको
छ । म सबै कर्महरुबाट
टाढा छु तापनि
लोककालागि पनि हरदम
कर्म गरिरहन्छु ।
तर यो कुरा
पनि ख्याल राख्नु
पर्दछ कि कर्मका
नाममा बिरालोले बच्चा
सारेझै ठाँउ सारेर
कुकुर दौडेझै दौडेर
उटले खाएझै खाएर
वा कामीको आरनले
झै सास फेरेर
कुनै पुरुषार्थ हुदैन
। पुरुषार्थको नाममा
नास्तिक र परहित
बादमा समर्पित भएको
जीवन भन्दा इश्वर
परक भक्तिमय जीवन
नै उत्तम जीवन
हुन्छ । त्यसैले
प्रत्येक मानिसले भगवत्भावनायुक्त कर्म
गरेर नै सुखमय
पूर्वक सय वर्ष
बाँच्ने इच्छा राख्नुपर्दछ ।
तर भक्ति सपन्न
मानिस बिषयमा लिप्त
भने हुनहुदैन ।
एउटै मातापिता बाट जन्म
भएका वालकको शिक्षादिक्षा
लालनपोषण समान हुँदापनि
ब्यक्तिगत स्वभाव फरकफरक हुन्छन्
। कोहि स्वस्थ्य कोहि रोगी,कोहि धनि
कोहि गरीव हुन्छन्
। यसवाट यो
थाहा हुन्छ कि
जन्मान्तरिय अदृष्टरुप नै मानिसको
जीवनको कारण बनेको
हुन्छ । मानिसले
दिनको तेइस घण्टा
आफुलाई राखेर एक घण्टा
भगवानकालागि दिनु पर्दछ
। प्रत्तेक दिन
श्रध्दा र निष्ठा
भावले सदाचारमा रहेर
दिनको एक घण्टा
परमात्माको आराधना गर्नाले बाँकी
तेइस घण्टा हाम्रा
लागि सुभदायक हुन्छन
। जस्का प्रभावले
मन शान्त हुन्छ
। बुध्दि निर्मल
हुन्छ । मनमा
उठेका काम,क्रोध,लोभ,मोह
मद,मात्सर्य इष्र्या,दम्भ,राग
द्वेश आदि शारिरिक
विकारहरु स्वतः हटेर जान्छ
। तव मानिस
हेरक दिन परमात्माको
चिन्तनमा संलग्न भएर परब्रह्म
परमेश्वरको प्राप्तिको खोजि गर्दछ
। जव परमात्माको
खोजितिर लाग्दछ अनि विस्तारै
विस्तारै दैवि गुणले
सम्पन्न भएर इश्वरोन्मुख
हुनजान्छ । इश्वरोन्मुख
भैसकोको मानिसमा परमात्माको वास्तविक
बोध हुदैजान्छ अनि
सदाका लागि जीवनमुक्त
भएर आत्मोद्वार गर्दछ
। यहिनै मानिसको
सर्वोत्तम सफलता हो ।
यस्तो सफलता प्राप्त
गर्न शास्त्रोक्त अनुष्ठानमा
रहि पूजा आराधना
एवं नित्य कर्म
गर्दै जानु मनिसको
अनिवार्य कर्तब्य हो ।
नित्य कर्म भन्नले
विहान जागा भए
देखि प्रातः कालिन
सदाचर कर्म लगायत
वेलुका सयन सम्मका
आध्यात्मिक कर्महरु पर्दछन् ।
यथार्थमा स्वधर्म हो र
जिउने कला पनि
हो ।
दैनिक सदाचार पध्दतिका नियम
हरु संक्षिप्तरुपमा
ॐ श्री परमात्मने
नमः
लम्बोदर ं
परमसुन्दरमेकदन्तं रक्तांवरं त्रिनयनं परमं पवित्रम्
। उद्यद्दिवाकरनिभोज्ज्वलकान्तिकान्तं विध्नेश्वरं सकलविध्नहरं नमामि
।।
मानिस प्रत्येक विहान ब्रह्ममुहुर्तमा
( सुर्योदयभन्दा चार घडि
अगाडि ) उठ्नु पर्दछ ।
त्यसपछि सुत्नु हुदैन ।
त्यसपछिको निन्द्राले पुण्यको क्षय
हुन्छ ।
ब्राह्मे मुहर्ते या निन्द्रा
सा पुण्यक्षयकारिणी ।
तां करोति द्विजोमोहात् पादकृच्छेण
सुध्यती ।।
निन्द्राबाट
ब्युझिएपछि मंत्र सहित आफनो
दुइ हात हेर्नु
पर्दछ । भुमिमा
छोएर भुमिलाई नमस्कार
गर्नु पर्दछ ।
हात हेर्ने मन्त्र
ः
करागे्र बसते लक्ष्मि
करमध्दे सरस्वती । करमध्दे
स्थितो ब्रह्मा प्रभाते कर
दर्शनम् ।।
भूमिमा खुट्टा टेकेपछि पृथ्विलाई
छोएर नमस्कार गर्नु
पर्दछ ।
समुद्रवसने
देवि पर्वतस्तनमण्डिते ।
विष्णुपत्नि
नमस्तुभ्यं पादपर्शं क्षमस्व मे
।।
शुभकुरा भन्नले ः
रोचनं चंदनं हेमं मृदंङ्गं
दर्पणं मणिम् ।
गुरुमग्निं
रविं पश्येन्नमस्येत प्रातरेवहि
।।
त्यसपछि शौचाचारमा जानु पर्दछ
।
स्नान समयका सम्बन्धमा ः
स्नान सम्बन्धमा बिहान ब्रह्ममुहुर्तको
स्नान ऋषि स्नान
हो यस स्नानलाई
उत्तम स्नान भनिन्छ ।
सुर्यको किरण पृथ्विमा
पर्नु अघिको स्नान
मनुष्य स्नान हो यस
स्नानलाई मध्यम स्नान भनिन्छ
। सुर्यको किरण
किरण याने घाम
लागेपछिको स्नान राक्षसी स्नान
हो यस स्नानलाई
अधम स्नान भनिन्छ
।
पहिला हात धोई
सुध्द हुनु पर्दछ
। त्यसपछि संभव
भएमा
कुस जौ तिल लिएर हातमा पानि लिएर निम्न संकल्प पढ्नु पर्दछ ।
.......अहं श्रुतिस्मृति पुराणोक्त फल प्राप्ति कामः श्री भगवत् प्रीत्यर्थं नित्यकर्माङ्गत्वेन प्रातः स्नानमहं करिष्ये ।
कुस जौ तिल लिएर हातमा पानि लिएर निम्न संकल्प पढ्नु पर्दछ ।
.......अहं श्रुतिस्मृति पुराणोक्त फल प्राप्ति कामः श्री भगवत् प्रीत्यर्थं नित्यकर्माङ्गत्वेन प्रातः स्नानमहं करिष्ये ।
संकल्प भन्न नजान्नेले
त्यसै नुहाउने ।
नुहाउनु अगाडि सिखा बन्धन
छ भने खोल्नु
पर्दछ । स्नानका
विभिन्न नियमहरु छन् ।
आफुलाई सजिलो हुने गरेर
पूर्व फर्केर नुहाउनु
उत्तमहुन्छ । स्नान
पछि सिखा बाध्ने
नुहाउदा प्रयोग गरेको बस्त्र
पखाल्नुपर्छ । नुहाउदा
प्रयोग गरेका वस्त्र वा
रुमाल पखाल्दा, निचोर्दा
त्यस्को छिटा पाउमा
वा अन्य सरिर
पार्नु हुदैन । नुहाएको
कपडा नदीमा निचर्न
हुदैन र काँधमा
राख्न पनिहुदैन ।
निष्पीड्यं
धौत वस्त्रं च
यदि स्कन्धेविनिक्षिपेत् ।
तदासुरं भवेत् कर्म पूनः
स्नानं विशोधनम् ।।
स्नानबाट फाईदा ः रुप,तेज,वल,
पवित्रता आयु, आरोग्य,
निर्मलता, दुस्वप्नको नास, तप
र मेधा दश
किसिमको गुण प्राप्त
हुन्छ ।
स्नान पछि स्नानांग
तर्पण गर्नु पर्छ
। सब्य भएर
ब्राह्मण गणलाई एक एक
अञ्जुली पानी दिने
जनाई माला लगाई
सनकादि ऋषिहरुलाई दुइ दुई
अञ्जुली पानी दिने
यहाँ सम्मको तर्पण
बाबु हुनेले पनि
गर्नुपर्छ ।
बाबु नहुनेले अपसब्य भएर
कब्यवाडनलादि दिब्य पितृहरुलाई ३,३ पटक
पानी दिने त्यस
पछि सब्य भएर सुर्यलाई
संझेर ३ अञ्जली दिने
। मन्त्र ः
ॐ एहि सूर्य
सहस्स्रांसो तेजोरासि जगत्पते ।
अनुकंपयमा भक्त्या गृहाणाघ्र्य दिवाकर ।।
अनुकंपयमा भक्त्या गृहाणाघ्र्य दिवाकर ।।
स्नान पछि सफा
चोखो धोति वा
लुगा लगाउनु पर्छ
। धोती लगाउदा
सानो गम्छा पनि
भित्र लगाउनु पर्छ
। नित्य मुत्तरं
वासः धार्यम् ।
अनि विधि अनुसार
गायत्री जप्नु पर्छ ।
गायत्री सके १०८
पटक नसके कम्तिमा
१० पटक एक
करमाला जप्नु पर्छ ।
त्यसपछि नित्य पूजाको लगि
बस्नु पर्छ ।
पूजा गर्दा याद
गर्नु पर्ने कुराहरु
ः
पूजाकालागि
आवस्यक भाँडा वर्तनहरु पखाल्नु
पर्छ । पूजास्थान
सफा गर्नु पर्छ
। ठाँउ सफा
कि पोतेर सफा
हुन्छ कि बढारेर
दुवै भयो भने
अति उत्तम ।
चोखो पानी संभव
भए सम्म नदी
बाट ल्याउनु राम्रो
हुन्छ संभव नभए
आफु अनुकुलको प्रयोग
गर्नु पर्छ तर
ट्यांकीको पानी प्रयोग
नगर्नु बेस हुन्छ
।
फूल सम्बन्धमा
फूल, तुलशी टिप्ने सम्बन्धमा
कहिं स्नान पछि
फूल टिप्न हुदैन
भनिएको छ ।
कहि हुन्छ ।
भनिएको छ ।
स्नानंकृत्वा
तु ये केचित्
पुष्पं चिन्वान्ती मानवाः ।
देवतास्तन्न गृह्ण्वन्ति भष्मी भवति दारुवत् ।।
देवतास्तन्न गृह्ण्वन्ति भष्मी भवति दारुवत् ।।
मथिको स्लोक अनुसार स्नान
गरे पछि फूल
टिप्न हुदैन ।
तलको स्लोक अनुसार स्नान
नगरिकन तुलसी फूल टिप्न
हुदैन ।
अस्नात्वा तुलसी छित्वा देवता
पितृ कर्मणि ।
तत्सर्वं निस्फलं याति पञ्चगब्येन सुध्यति ।।
तत्सर्वं निस्फलं याति पञ्चगब्येन सुध्यति ।।
यस्तो दुइ किसिमको
मत भएको हुदा
विद्ववानहरुको मत
स्नानम् , प्रातः स्नानातिरिक्तम् स्नातोत्तर प्रातः पूष्पहारणविधिनात् र तन्मध्यान्नस्नानपरम् भन्ने हुदा विहानको स्नान पछि फूल टिप्न हुन्छ तर मध्यान्न स्नान गरेपछि भने टिप्न हुदैन ।
स्नानम् , प्रातः स्नानातिरिक्तम् स्नातोत्तर प्रातः पूष्पहारणविधिनात् र तन्मध्यान्नस्नानपरम् भन्ने हुदा विहानको स्नान पछि फूल टिप्न हुन्छ तर मध्यान्न स्नान गरेपछि भने टिप्न हुदैन ।
अर्कोकुरा ः बज्र्यं
पर्युषितं पुष्पं बज्र्यं पर्युषितं
जलं । न वज्र्यं तुलसी पत्रं
न वज्र्यं जान्ह्ववी
जलं ।।
एक पटक चढाएको
र बासी फूल
भगवान लाइ चढाउनु
हुदैन र बासी
जल चढाउनु हुदैन
। तर गंगा
जल र तुलसी
पत्र भने बासी
हुदैन । मालीको
घरको फूल पनि
वासि हुदैन ।
फूललाई पखालेर चढाउनु हुदैन
तर पवित्र गर्नुपरेमा
चोखो पानी छम्कन
पर्दछ । फोहोर
ठाँउमा खसेको ,वैलाएको र
सुघेको फुल भगवानलाई
चढाउनु हुदैन ।
नित्य पूजागर्दा केशरी आदि
केमिकल मिसिएकोले पूजा गर्नु
भन्दा आफ्नै हातले
घोटिएको चन्दन चढाउनु राम्रो
हुन्छ ।
चन्दन पातलो गरेर चडाउनु
हुदैन । हस्ते घृतानी पुष्पाणि
ताम्रपात्रे च चन्दनम्
। गंगोदकं चर्मपात्रे
निषिध्दं सर्व कर्मषु
।।
फूल टिपेर हात लिनु
, तामाको भाँडामा चन्दन हाल्नु
छालाको भाँडामा जल हाल्नु
हुदैन यी कुरा
सबै कार्यका लागि
वर्जित छ ।
तुलसी टिप्ने दिन
बैधृत योग र
ब्यतिपात योग,आइतबार मंगलबार
र सुक्रवार यी
तिनवार द्वादशिी, औसी र
पूर्णिमा यी तिन
तिथिमा तुलसी टिप्नु हुदैन
। बिहानको साँझ
र वेलुकाको साँझमा
पनि तुलसी टिप्नु
हुदैन । यस्ता
दिनमा तुलसीको आवस्कता
परे बोटबाट खसेका
पत्ता चढाउनु पर्दछ
। तर शालग्राम
पूजाको लागि भने
जुनदिन पनि टिप्नु
हुन्छ । तुलसी
टिप्दा हात धोएर
अनि जुत्ता नलगाइकन
टिप्नु पर्दछ । तुलसी
पत्ता भन्दा मञ्जरी
भगवानकोलागि प्यारो हुन्छ ।
तुलसी टिप्ने मन्त्र
तुलस्यमृतजन्मासि
सदा त्वं केशवप्रिया
। चिनोमि केशवस्यार्थे
वरदा भव सोभने
।।
त्वदङ्गसम्भवैः
पत्रैः पूजयामि यथा हरिम
।
तथा कुरु पवित्राङ्गि ! कलौ मल विनाशिनि ।।
तथा कुरु पवित्राङ्गि ! कलौ मल विनाशिनि ।।
विल्वप्रत्र
शिवजीकालागि अति उत्तम
पत्रहो । विल्वपत्रको
अभावमा अगिल्लो दिन चढाएको
विल्वपत्र पखालेर चढाउनु हुन्छ
विल्वपत्र टिप्ने मन्त्र ।
अमेतोद्भव
! श्रीवृक्ष ! महादेवप्रियः सदा ।
गृण्ह्वामि तव पत्राणि
शिवपूजार्थमादरात् ।
पूजा गर्दा कुन देववतालाई
के चढाउने
शंकरस्य विल्वपत्रं बिष्णोस्तुलसी ।
गणेशस्य दर्वाङ्कुरः । अंवाया
नाना विधपुष्पाणि ।
सुर्यस्य रक्तपुष्पम्
शिवजीलाई वेलपत्र,विष्णुलाई तुलसी,गणेशलाई दुवो,देवीलाई
थरिथरिका फुलहरु र सुर्यलाई
रातो फूल चढाएर
पूजागर्नुपर्दछ ।
चढाउन नहुने चिजहरु ।
नाक्षतै रर्चयेत्विष्णु
न तुलस्या च
गणेशम् ।
दुर्वाभिर्नर्चयेद्दुर्गा
कैतकै न महेश्वरम्
।।
विष्णुलाई अक्षता चढाएर पूजा
गर्नु हुदैन ।
गणेशलाई तुलसी चढाउनु हुदैन
। देवी भगवतीलाई
दुवो चढाउनु हुदैन
। कुन्द केतकीको
फूल शिवजीलाई चढाउनु
हुदैन ।
पूजा गर्दा आनन्दमनले बिषयतिर
मन नलगाइकन गर्नुपर्दछ
। घरमा पूजागर्दा
दुई शिवलिङ्ग तिन
गणेशको मुर्ति दुई शंख
दुई सूर्य तीन
दुर्गा भगवतीको मुर्ती दुई
गोमतीचक्र र दुई
शालिकराम राखेर कहिल्यै पनि
पूजागर्नु हुदैन । यसरी
पूजा गर्दा मनमा
अशान्ति हुन्छ ।
शालिकरामको
पूजा गर्दा प्राणप्रतिष्ठा
गर्नुपदैन । पत्थर,काठ,सुन,धातुका मुर्तिको गर्न
पहिले प्राणप्रतिष्ठा गर्नु
पर्छ । घरमा
मुर्तिको प्राणप्रतिष्ठा गर्दा चलप्रतिष्ठा गनुपर्छ
भने मन्दिरमा अचलप्रतिष्ठा
गर्नुपर्दछ ।
गंगाजीमा,शालिग्राममा,शिवलिङ्गमा पूजागर्दा
आवहन विसर्जन केहि
पनि गर्नुपर्दैन ।
नित्य पूजाको आसन ः
पूजा गर्न बस्दा
कुश मृगाचर्म रेशम
कम्बलमा बस्नु पर्छ ।
बाँस ढुंगा कागज
फास र माटोमा
बस्नु हुदैन ।
गृहस्थीले मृगचर्म पनि बस्न
हुदैन ।
नित्यपूजा सम्बन्धमा
पूजाका निमित्त चाहिने समानहरु
तयार भैसके पछि
आसनमा बस्ने आचमन् गर्ने ( आचमन
गरेको पानि पूजा
कार्यमा प्रयोग गर्नु हुदैन
)
हात जोडेर पहिलाई गणेशलाई
संझेर नमस्कार गर्ने
मन्त्र ः
समुुखश्चै कदन्तश्च कपिलो गजकर्णकः
।
लम्बोदरश्च
विकटो विघ्ननाशो विनायकः
।।
धूम्रकेर्तुगणाध्यक्षो
भालचन्द्रो गजाननः ।
द्वादशेतानि
नामानि य पठेच्छृणुयादपि
।
विद्यारम्भे
विवाहे च प्रवेशे
निर्गमे तथा ।
संग्रामे संकटे चैव विघ्नतस्य
न जायते ।।
इष्टदेवताभ्य
नमः कूलदेवताभ्य नमः
ग्रामदेवाय नमः पितृमात्रृ
चरणकमलेभ्य नमः गुरवे
नमः सर्वेभ्य देवेभ्य
नमः भनि नमस्कार
गर्ने ।
अपसर्पन्तु
ते भुता येभुत
मूमिमाश्रिता ।
ये भूता विध्नकर्तारस्ते
नश्यन्तु शिवाज्ञया ।।
कूश जौ तिल
लिएर संकल्प भन्ने
ः अहं श्रीमत्परमेश्वर
पित्यर्थं दीपकलशगणेश पूजन पूर्वक
विष्णु पाञ्चायतन पूजनं करिष्ये
। – यो विष्णु
पञ्चायतनका लागि हो
। ( यसै गरि
आफुले कुन इष्ट
देव मोनेर पूजा
गर्ने गरेको छ
सोहि बमोजिम मिलाएर
भन्ने ) ।
पूजा गर्नुभन्दा पहिला आफुले
पूजा गरिने देवलाई
मनमा सुन्दररुपमा कल्पना
गरेर हे प्रभो
म हजूरलाई पृथ्विरुपि चन्दन, आकाशरुपि
फल, वायुरुपि धुप,
अमृतरुपि नैबेद्य सहित सवै
उपचारले समर्पित गर्दछु भनि
नमस्कार गर्नु पर्दछ ।
जसलाई मानसिक पूजा
भनिन्छ । र्कत्वादौ
मानसी पूजा ततः
पूजा समाचरेत ।
गृहस्थीले निन्य पाञ्चायन देवताको
पूजा गर्नु पर्दछ
। पाञ्चायन देव
भन्नाले गणेश,सूर्य,
विष्णु,देवी र
शिव हुन ।
पांचायन देव स्थापना
गर्ने विधि ः
माथिका पाच देव
मध्दे आफुले मुख्यरुपमा
कुन देवतालाई मान्ने
गरेकोछ उनैलाई इष्टदेव मानेर
माँझमा राख्नु पर्दछ ।
अनि क्रमैले तल
भनिएअनुसार इसान कोण
देखि मिलाएर राख्नु
पर्दछ ।
पहिला विष्णुलाइं दुइहात जोडेर
ध्यान गर्ने ।
उद्यत्कोदिदिवाकराभमनिशं
शङ्खं गदां पंकजं
चक्रं बिभ्रतमिन्दिरवसुमतीसंशोभिपाश्र्वद्वयं
।
कोराङ्गदहारकुण्डलधरं
पीताम्बरं कौस्तुभै
र्दीप्तं विश्वधरं स्ववक्षसि लसच्छ््रवत्स
चिन्हं भजे ।
ॐ विष्णवे नमः
।
शिवको ध्यान
ध्यायेन्नित्यं
महेशं रजतगिरिनिभं चारुचन्द्रावतंसं
रत्नाकल्पोज्वलाङ्गं
परशुमृगवराभीतिहस्तं प्रसन्नम् ।
पद्यमासीनं
समन्तात् स्तुतममरगणैव्याघ्रिकृत्तिं वसानं्
विश्वाद्यं
विश्वबीजं निखिलभयहरं पञ्चबक्त्रं त्रिनेत्रम्
।।ॐ शिवाय नमः
।
गणेशको ध्यान ।
खर्वं स्थूलतनं गजेन्द्रवदनं लम्बोदरं
सुन्दरं
प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम्
।
दन्ताघानविदारितारिरुधिरैः
सिन्दरशोभाकरं
वन्दे शैलसुतासुतं गणपतिं सिध्दप्रदं
कामदम् । ॐ
श्री गणेशाय नमः।
सुर्यको ध्यान
रक्ताम्वुजासनमशेषगुणैकसिन्धुं भानुं
समस्ताजगतामधिपं भजामि
पद्यमद्वयाभयवरान्
दधतं कराब्र्जैमाणिक्यमौलिमरणाङ्गरुचिं त्रिनेत्रम् ।
ॐ श्री सूर्याय
नमः ।
दुर्गाभगवतीको
ध्यान ।
सिंहस्था वशशिशेखरा मरकतप्रख्यैश्चतुर्भिर्भुजैः
शङ्खं चक्रधनुः सरंश्च दधती
देत्रैस्त्रिभिः शोभिता ।
आमुक्ताङ्गदहारकङ्कणरणतकाञ्चीरणन्नुपुरा
दुर्गादुर्गतिहरिणी
भवतु नो रत्नोल्लसत्कुण्डला
।। श्री
दुगायै नमः
पूजा गर्दा
पहिले माँझको लाई
नाम संझेर पूजा
गर्ने (माझको भनेको इष्टदेव
हुन् । विष्णुलाई
प्रमुखरुपमा मान्ने गरेको छ
भने विष्णु इष्टदेव
हुन्छन् त्यसैगरि शिवलाई मान्ने
गरेको छ भने
शिव इष्टदेव हुन्छन्, गणेशलाई
मान्ने गरेको छ भने
गणेश इष्टदेव हुन्छन्,र सूर्यलाई
मान्ने गरेको छ भने
सूर्य इष्टदेव हुन्छन्,र देवीलाई
मान्ने गरेको छ भने
देवी इष्टदेव हुिन्छन्)
यसपछि ईसानको अनि
आग्नेय अनि नैऋत्य
अन्त्यमा बायव्य पटिका देवलाई
पूजा गर्नुपर्दछ ।
पूजा विधि शोडषोपचार
, दशोपचार,पञ्चोपचारले हुन्त ।
नित्य पूजा गर्दा
पञ्चोपचारले गर्दा हुन्छ ।
पञ्चोपचार भन्नाले चन्दन, फूल,
धुप, बत्ती र
नैवेद्य हो ।
सामान्यत जल,अधर्,चन्दन, फूल, अक्षता,
पूmल, धुप
दीप,नैवेद्य आदि
चढाएर पूजा गर्नु
पर्दछ ।
ब्लिबैश्वदेव
पूजनको सट्टा अलिकति चरा,
गाई लाई जे
पाकेको छ दिने
।
पाञ्चायन सकेपछि आफुले गर्ने
गरेका अरु देव
को पूजा गर्नु
पर्दछ ।
यति पाञ्चायन पूजा गर्ने
गरेको छैन भने
माथि भनिएका सवै
नियमको पालना गरि आफु
कुन देवताको अनुन्यायी
हो नित्य पूजा
कुन देवताको गर्ने
गरेको छ सोहि देवताको
पूजा गर्नुपर्दछ ।
पूजा सकेपछि तिलक धारण
गर्नु पर्छ ।
नैवेद्य को केहिभाग
भगवानलाई अर्पण गर्नु पर्दछ
।
वैष्णवका लागि
विष्वक्सेनोध्दवाक्रराः
सनकाद्याः सुकादयः ।
महाविष्णुप्रसादोऽयं
सर्वे गृण्ह्वन्तु बैष्णवा
।।
गाणपत्यका लागि
गणेशो गालवो गाग्र्यो मङ्गलश्च
सुधाकरः ।।
गणेशस्य प्रसादोऽयं सर्वे गृण्ह्वन्तु
भागिनः ।।
शैवका लागि
बाणरावणचण्डीसनन्दिभृङ्गिसिटादयः
सदाशिवप्रसादोऽयं
सर्वे गृण्ह्वन्तु सांभवाः
।
शक्तिका लागि
शक्तिरुच्छिष्टचाण्डालिसोमसुर्यहुतासनाः
।
महालक्ष्मिप्रसादोऽयं
सर्वे गृण्ह्वन्तु शाक्तिकाः
।।
सूर्यका लागि
छायासंज्ञाश्राध्दरेवादण्डमाठरकादय
ः ।
दिवाकरप्रसादोऽयं
ब्राध्ना गृण्ह्वन्तु शेषकम् ।।
चरणामृतपान
चरणामृतलाइ
कुनै पात्रमा लिएर
पान गर्ने ।
अकालमृत्युहरणं
सर्वब्याधिविनाशनम् ।
विष्णोपाददकं
पीत्वा पुनर्जन्म न विद्यते
।।
अन्त्यमा क्षमा याचना गर्ने
।
मन्त्रहिनं
क्रियाहीनं भक्तिहिनं जनार्दन ।
यत्पूजितं मया देव
! परिपूर्णं तदस्तु मे ।।
आवहनं न जानामि
नजानामि विसर्जनं ।
पूजां चैव नजानामि
क्षमस्व परमेश्वर ।।
अन्यथा शरणं नाश्ति
त्वमेव शरणं मम
।
तस्मात् मारण्यभावेन रक्ष मां
परमेश्वर ।।
प्रसाद लिने
गरिएका काम सवै
भगवानमा समर्पण गर्ने ।
ॐ तत्सद् ब्रह्माणर्पणमास्तु ।
ॐ विष्णवे नमः, ॐ
विष्णवे नमः, ॐ
विष्णवे नमः,
खानाखाने नियम
पकेको खानाा भगवानलाई अर्पण
गर्ने ( भोग लगाउने
) पृथ्विमा ३ पटक
जल चढाउने ।
ॐ भू पतये
स्वाहा ,ॐ भूवन
पतये स्वाहा, ॐ
भूतानाम पतये स्वाहा
भनि भूमिमा ३
भाग दिनु जसलाई
औसानी हाल्ने
भन्दछन जल हातमा
लिएर अमृतोपस्तरणमसि स्वाहा
भनि आचमन गर्ने
पहिला पाँच गाँस
आहुति दिने ॐ
प्राणय स्वाहा ,ॐ अपानाय
स्वाहा, ॐ ब्यानाय
स्वाहा , ॐ उदानाय
स्वाहा , ॐ समानाय
स्वाहा त्यस पछि
खाना खाने खाना खादाँ
बोल्नु हातले इसारा गर्न
हुदैन । खाना
खाईसकेपछि अमृतोपिधानमसि स्वाहा भनेर आचमन्
गर्नु पर्दछ ।
खना पछि सामान्य
आराम गर्नु पर्दछ
तर दिउस सुत्नु
हुदैन । ( दिवास्वप्न नकुर्वित )
बेलुकाको कर्म
बेलुकि सायंकाल सन्ध्यामा गर्ने
कार्य ः ( सन्ध्या भन्नाले विहानको
सन्ध्या भन्नाले तारा हटि
सकेको तर सूर्यको
किरण पृथ्विमा आइनपुगेको
समय हो ।
मध्य सन्ध्या भन्नाले
सूर्य मध्य आकासमा
भएको समय हो
भने बेलुकाको सन्ध्या
भन्नाले उज्यालो हराई सकेको
तर आकासमा तारा
नदेखिदैको समयलाई भनिन्छ ।
साँझको गायत्री जप गर्नु
पर्दछ र आरती
गर्नु गर्नु पर्दछ
। भोजन गरेपछि सयन
गरिन्छ । सयन
गर्नु अघि आफना
इष्टदेव, कूलदेव, सव ग्रामाधिपति
देवताहरुलाई मनमनै संझि प्रार्थना
गर्नु पर्दछ ।
रात्रौ सयने पठनिय
मत्रः सुत्ने बेलामा
भन्ने मन्त्र ।
अगस्तिर्माधवश्चैवमुचुकुन्दोमहावलः
कपिलोमुनि रास्तिकः पञ्चैतेसुखशायिनः ।।
जलेरक्षतुवाराहः
स्थलेरक्षतुवामनः ।
अटव्यांनारसिंहस्चसर्वतः
पातु केशव ।।
जलेरक्षतु नन्दिीशः स्थलेरक्षतु भैरवः।
अटव्यां वीर भद्रश्चसर्वतः
पातुशंकरः ।
चौर निवरक मन्त्र ः
तिस्रोभार्या
कमल्लस्यदाहिनी,मोहिनी,सती ।
तासांस्मरणमात्रेण
चोरोगच्छति निस्फलः ।। कपल्लकः
३ ।।
रात्रीसुक्त
पाठ गर्नु पर्दछ
।
यसरी नित्य कर्म गर्नेको
मन सुद्ध हुन्छ
। अधर्म,असत्य,हिंसा,अहित, एवं
अकृतितिर मन जादैन
शुभकर्मका प्रभावले जीवन सुखमय
र शान्तमय हुन्छ
। अन्तमा भगवानको
पृय भै मोक्ष
प्राप्त गर्दछ ।